हुवावेको सन् २०२३ को पहिलो तीन त्रैमासिकको व्यापार सार्वजनिक – Nepal Press

हुवावेको सन् २०२३ को पहिलो तीन त्रैमासिकको व्यापार सार्वजनिक

काठमाडौं । हुवावेले सन् २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ। जहाँ हुवावेले सीएनवाई ४५६.६ बिलियन राजस्व आर्जन, २.४ प्रतिशत वार्षिक वृद्धि र १६ प्रतिशत खुद नाफा मार्जिन गरेको छ ।

यसअघि २०२२ मा भने, हुवावेले ९३.५ बिलियन अमेरिकी डलर राजस्व र ५.२ बिलियन अमेरिकी डलर खुद नाफा कमाएको थियो ।

त्यस्तै, विगत दस वर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च १४२.३ बिलियन अमेरिकी डलरभन्दा बढी ल्याएको कम्पनीले जनाएको छ ।

कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप रहेको हुवावेका घुम्ती अध्यक्ष केन हुले बताए ।

उनले भने, ‘म हाम्रा ग्राहकहरू र साझेदारहरूलाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु । अगाडि बढ्दै, हामी हाम्रो व्यापार पोर्टफोलियोको अधिकतम बनाउन र हाम्रा उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइहरूमा लैजान आर एण्ड डी मा हाम्रो लगानी बढाउन जारी राख्नेछौँ। सधैँ जस्तै, हाम्रो लक्ष्य हाम्रा ग्राहकहरू, साझेदारहरू, र समाजको लागि ठूलो मूल्य सिर्जना गर्नु हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर