भारतीय गाडीबाट पेस्तोल र गोलीसहित सर्लाहीका युवक मोरङमा पक्राउ – Nepal Press

भारतीय गाडीबाट पेस्तोल र गोलीसहित सर्लाहीका युवक मोरङमा पक्राउ

विराटनगर । मोरङको धनपाल थानबाट पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेटको स्करपिओ गाडीभित्र पेस्तोल र गोलीसहित सर्लाही हरिपूर्वा नगरपालिका-७ का २७ वर्षीय रवीन्द्रकुमार यादव पक्राउ परेका हुन् ।

पार्किङ गरेर राखेको बीआर ०६ पीए १३६३ नम्बरको स्करपिओभित्र पेस्तोल र गोली फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्करपिओको ड्यासबोर्डभित्र कालो कपडाले बेरेर राखेको अवस्थामा गस्तीमा गएको प्रहरीले पेस्तोल फेला पारेको हो ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *