अमेरिकाले थप उत्तेजक गतिविधि गरे आणविक हमला गर्ने उत्तर कोरियाको चेतावनी – Nepal Press

अमेरिकाले थप उत्तेजक गतिविधि गरे आणविक हमला गर्ने उत्तर कोरियाको चेतावनी

काठमाडौं । उत्तर कोरियाले कोरियाली क्षेत्रमा अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा आणविक हमला गर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाको आधिकारिक सरकारी मिडिया कोरियन सेन्ट्रल टेलिभिजनले बिहीबार त्यस्तो धम्की सार्वजनिक गरेको हो । उत्तर कोरियाले पटकपटकको चेतावनीपछि पनि जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक गरेको भन्दै आक्रोश जनाएको छ । बुधबार जापानी समुद्रमा दुई मिसाइल प्रहार गरेपछि उत्तर कोरियाको यस्तो आणविक धम्की आएको हो ।

आणविक सवालमा मात्रै होइन एक अमेरिकी सैनिक भागेर उत्तर कोरिया छिरेको विषयमा पनि उत्तर कोरिया र अमेरिकी तनाव देखिएको छ । अमेरिकी अधिकारीहरूले पटकपटक उत्तर कोरियाली अधिकारीहरूसँग कूटनीतिक सम्पर्क गर्न चाहे पनि उत्तर कोरियाले कुनै प्रतिक्रिया नदिएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।

केही दिनअगाडि अनुशासनको कारबाहीमा परेका अमेरिकी सैनिक त्रेभिस किङ गत मंगलबार उत्तर र दक्षिण कोरियाली सीमाबाट सुटुक्क भागेर उत्तर कोरिया पसेका थिए । दक्षिण कोरियाबाट अमेरिका उडान गर्नुअगाडि विमानस्थलको सुरक्षा जाँचबाट भागेका उनी दुई कोरियाको सीमा हुँदै उत्तर कोरिया छिरेका थिए ।

यो पनि पढ्नुस्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *