स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ? – Nepal Press

स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ?

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा बजेटमाथिको छलफल जारी छ । छलफलका क्रममा स्वतन्त्र सांसद डा. तारा जोशीले सेती प्रादेशिक अस्पताललाई माफिया अस्पतालको संज्ञा दिएका छन् ।

विभिन्न जिल्लाबाट आएका बिरामीहरूले सहज रुपमा उपचार नपाएको भन्दै उनले त्यसलाई माफिया अस्पतालको संज्ञा दिएका हुन् ।

उनले पटक पटक अस्पतालका विषयमा प्रश्न उठाउँदा पनि सरकारले चासो नदिएको गुनासो पोखे ।

प्रदेश सांसद जोशीले पूर्वाधार विकास मन्त्रालयलाई पूर्वाग्रह मन्त्रालय भन्दै व्यङ्ग्यसमेत गरेका थिए । उनले बजेट सैद्धान्तिक रूपमै गलत रहेको बताए ।

सरकार आवश्यकभन्दा अनावश्यक विषयमा केन्द्रित रहेको उनको भनाइ थियो ।

प्रदेश सरकारको प्राथमिकतामा परेको चिडियाखाना आवश्यक नरहेको भन्दै उनले भने, ‘बाजुराको कुपोषित बालकलाई लिटो बाँडिरहेको मुख्यमन्त्रीको तस्बिरभन्दा चिडियाखानामा बाघलाई मासु खुवाउँदै गरेको मुख्यमन्त्रीको तस्बिर भाइरल हुने सम्भावना धेरै छ । त्यसैले चिडियाखाना बनाओस् सरकारले ।’

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका जनता अझै पनि खानेपानीको अभावले पिल्सिरहँदा पनि सरकारले त्योअनुसारको बजेट ल्याउन नसकेको जोशीको गुनासो थियो ।


प्रतिक्रिया

One thought on “स्वतन्त्र सांसद जोशीको प्रश्न- सेती प्रादेशिक अस्पताल कि माफिया अस्पताल ?

  1. सेती अस्पतालमा सरकारले दिएको दरबन्दी कति छ ? अनि सरकारी पक्षले कति सेवाको अपेक्षा गर्दछ ?वास्तवमा सेतीलाई सँघिय अस्पताल बनाउन पहल नगर्ने माथिनै प्रश्न गर्ने बेला भएको छ ।सुदुरपश्चिमकाे रेफरल अस्पताललाई प्रदेशमा राखेर बिरामी माथि खेलवाड भएको छ ।सेती अस्पताललाई प्रादेशिक अस्पतालमा राखेर बिस्तार गर्दा सुदुरपश्चिमकाे प्रदेश अन्तरगतका सबै चिकित्सकलाई सेतीमा खटाउदा पनि सेतीको चाप अनुसारको दरबन्दी पुग्दैन ।अर्कोतिर सेतीलाई प्रदेश अन्तरगत राखेर सुदुरपश्चिमका पहाडी जिल्लाका डाक्टर सेतीमा सरूवा गराउनमै केन्द्रीत हुन्छन् ।त्यसैले समाधान भनेको सेती अस्पताललाई प्रदेशबाट हटाई सँघमा लग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर