ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
नेपाल प्रेस
२०८० असार २६ गते ११:५४
काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मालपोत कार्यालयका तत्कालीन नासु योगराज पौडेल र खरदार नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरू काठमाडौंबाट पक्राउ परेको जनाइएको छ ।
योसँगै ललिता निवास प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या १४ पुगेको छ । सीआईबीले ललिता निवास जग्गा हिनामिनामा सरकारी कीर्तेमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
One thought on “ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ”
Leave a Reply to bharat kumar Thapa Cancel reply
सम्बन्धित खवर
वाइयात यसमा निर्णय कर्ता प्रधानमन्त्री न्यायाधीश र संबंधित पक्षलाई ल्याउ खरिदार सुब्बा शाखा अधिकृत लाई समाउदैमा केही लछारपाटो लाग्दैन ।