‘एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ हुँदै – Nepal Press

‘एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ हुँदै

काठमाडौं । ह्वावे र आइसिटि फाउण्डेसन नेपाल (आइएफएन) ले आगामी साता ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गर्ने भएका छन् ।

यसका लागि उनीहरुले सम्झौत समेत गरेका छन् । ह्वावे नेपालको कार्यालयमा भएको समझदारीपत्रमा ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वाङ जुन र आईएफएनका अध्यक्ष राजन लम्सालले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमलाई सफल र प्रभावकारी बनाउन दुवै पक्ष मिलेर काम गर्ने सहमति भएको छ ।कनक्लेभ असार ८ र ९ गते सोल्टी होटल काठमाडौंमा हुनेछ । कार्यक्रममा विभिन्न देशका विषय विज्ञहरुको सहभागीता रहनेछ ।

’डिजिटल्ली सक्षम, सबल नेपाल’ भन्ने नाराका साथ आयोजना हुने उक्त कार्यक्रमले डिजिटल रुपान्तरणका लागि नेपालको क्षमताका साथै त्यससंग सम्बन्धित आवश्यक नीति नियमहरु र तिन्को कार्यान्वयन पक्षमाथि विशेष जोड दिनेछ ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को प्रिइभेन्ट अभियानको रूपमा, आइएफएनले नेपालका सातै प्रदेशमा डिजिटल प्रदेश संवाद ४.० पनि आयोजना गरेको छ । डिजिटल नेपाल कन्क्लेभ गत वर्ष आइएफएनद्वारा सुरु गरिएको एउटा कार्यक्रम हो ।

डिजिटल नेपाल कन्क्लेभ २०२३ को साथसाथै, ह्वावेले उद्यम, दूरसञ्चार र आईसीटी कम्पनीहरूलाई फाइदा पुग्ने अत्याधुनिक प्रविधिहरू र समाधानहरूले आफ्नो प्याभिलियनलाई सुसज्जित गरेर मोबाइल नेपाल कांग्रेस (एमएनसी) आयोजना गर्नेछ ।

ह्वावेले गिगाभर्स इनिसिएिटिभ, अल्ट्रा–अटोमेसन स्पीड अप, सेवाको रुपमा इन्टिलिजेन्ट कम्प्युटिङ्ग एण्ड नेटवर्क, भिन्न भिन्न अपेक्षाकृत मागहरु, र एमएनसीको लागि वातावरणीय, सामाजिक तथा सुशासनको विषयवस्तुको रुपमा आफ्नो मार्ग निर्देशिका तय गरेको छ ।

ह्वावे मोबाइल नेपाल कांग्रेस २०२३ ले डिजिटल नेपालतर्फको यात्रालाई तिब्रता दिनको लागि देशमा विश्वव्यापी आविष्कार र समाधानहरूलाई छलफलमा ल्याएर यसको सान्दर्भिकता र व्यापारको सम्भावनामा योगदान दिने विश्वास लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर