शाओमीले ल्यायो एक्सचेन्ज अफर – Nepal Press

शाओमीले ल्यायो एक्सचेन्ज अफर

काठमाडौं । शाओमीले स्मार्टफोन एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।

अफर मार्फत ग्राहकले कुनै पनि ब्रान्डको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर, अपग्रेड गर्न सक्नेछन् । साथै ग्राहकले ‘रेडमी १२ ५जी’ खरिद गर्न चाहेमा थप १ हजार छुट समेत पाउन सकिने कम्पनीले बताएको छ ।

जुन २ देखि राष्ट्रव्यापी रूपमा उपलब्ध गरिएको अफरमा कुनै पनि आधिकारिक रिटेल स्टोरमा गई ट्रेड–इन प्रक्रिया सुरु गरेर सरल रूपमा नै अफरको लाभ लिन सकिनेछ । ग्राहकले ‘नयाँ पुरानो एक्सचेन्ज’ मोबाइल एपबाट फोनको अवस्था जाँच गरी तत्काल मूल्याङ्कन गर्न सकिनेछ । नयाँ शाओमी, रेडमी वा पोको स्मार्टफोनको मूल्यबाट मूल्याङ्कन रकम घटाएर अपग्रेड गर्न खोज्ने टेक इन्थुसिअस्तहरुका लागि अफर अझै आकर्षक बन्ने जनाइएको छ ।

अफरको बारेमा बोल्दै, शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पाण्डाले भने, एक्सचेन्ज अफर हाम्रा ग्राहकमाझ ल्याएर ग्राहकलाई अझ बढी किफायती मूल्यमा हाम्रा स्मार्टफोनहरूको गुणस्तर र नवीनतम सुविधाहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हाम्रा ग्राहकलाई शाओमी रोज्नुभएकोमा आभार व्यक्त गर्न चाहन्छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर