इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता – Nepal Press

इरान र रूसबीच अन्तर्राष्ट्रिय यातायात मार्ग निर्माण गर्ने सम्झौता

तेहरान । रूस र इरानले दक्षिण एसियालाई उत्तरी युरोपसँग जोड्ने अन्तर्राष्ट्रिय यातायात मार्ग पूरा गर्न इरानभित्र रेलमार्ग निर्माण गर्ने सम्झौतामा बुधबार हस्ताक्षर गरेका छन् ।

उत्तरी इरानी शहर राष्ट्र र अस्ताराबीच १६२ किलोमिटर लामो रेलमार्ग अन्तर्राष्ट्रिय उत्तर-दक्षिण यातायात मार्गको एक भागको रूपमा निर्माण गरिने इरानी राष्ट्रपतिको कार्यालयको वेबसाइटमा प्रकाशित एक रिपोर्टमा उल्लेख छ ।

इरानका राष्ट्रपति इब्राहिम राइसी र उनका रूसी समकक्षी भ्लादिमिर पुटिन भिडियो कन्फरेन्समार्फत सम्झौता हस्ताक्षर समारोहमा सहभागी भएका थिए । सम्झौताअनुसार रूसले रणनीतिक रेलमार्ग निर्माणमा एक अर्ब ६० करोड युरो (एक अर्ब ७३ करोड अमेरिकी डलर) लगानी गर्नेछ । जुन चार वर्षमा पूरा हुने अपेक्षा गरिएको छ ।

समारोहका क्रममा रायसीले इरानले युरेशियन इकोनोमिक युनियन (ईएईयू) का सदस्य राष्ट्रहरूसँग सहयोग विस्तार गर्ने योजना बनाएको बताउँदै द्विपक्षीय व्यापार शुल्कको उन्मूलन इरान, रूस र ईएईयू सदस्यहरूबीच सहयोग बढाउने दिशामा एक ठूलो कदम हुन सक्ने उल्लेख गरे ।

इरान र क्षेत्रीय अरब देशहरूमा खाद्य सुरक्षा सुनिश्चित गर्न आईएनएसटीसीलाई ‘मूर्त’ हिस्साको रूपमा वर्णन गर्दै पुटिनले करिडोरको पूर्णताले क्यास्पियन सागरको तटीय राज्यहरू र क्षेत्रीय अरब देशहरूबीच खाद्य र अन्य उत्पादनहरूको अधिक आदानप्रदान हुन विश्वास व्यक्त गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले लगाएको प्रतिबन्धको अधीनमा रहेका इरान र रूसले हालै अमेरिकी कदमको सामना गर्न द्विपक्षीय राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गरेका छन् । रासस/सिन्ह्वा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर