भिभो भी २५ सिरिज, के के छन् त विशेषता ? – Nepal Press

भिभो भी २५ सिरिज, के के छन् त विशेषता ?

काठमाडौं । भिभो स्मार्टफोनको भी २५ सिरिज नेपालमा अहिले चर्चा कमाइरहेको छ । हाल भी २५ सिरिज अन्तगर्त भी २१, भी २३ फाइभजी, भी २३ ई रहेका छन् ।

कलर–चेन्जिङ ग्लास, अलराउन्डर स्मार्टफोनले अधिकतम शक्ति र कार्यसम्पादन कायम राख्दै प्रयोगकर्तालाई अधिकतम उत्पादकता सुनिश्चित गर्ने कम्पनीको दबी छ ।

भी २५ फाइभजी र भी २५ स्मार्टफोनमा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा जसले उच्च गुणस्तरका तस्बिरहरू खिच्न साथै, ब्याक क्यामेरामा रहेको हाइब्रिड इमेज स्टेबलाइजेशन प्रणाली, जसले इलेक्ट्रोनिक इमेज स्टेबलाइजेशन र अप्टिकल इमेज स्टेबलाइजेशनको संयोजनबाट क्यामेरा हलचल भइरहेको बेलामा पनि स्थिर, स्पष्ट तथा उच्च गुणस्तरका भिडियोहरू खिच्दछ ।

भी २५ फाइभजीमा ५० एमपी अटोफोकश एचडी पोट्र्रेट फ्रन्ट क्यामेरा जसले सेल्फी खिच्दा अनुपम अनुभव प्रदान गर्दछ । त्यस्तै भी २५ ई मा ३२ एमपी फ्रन्ट क्यामेरा र फ्रन्ट क्यामेराको साहयताले स्पष्ट र सहज भिडियो कलहरू गर्न सकिन्छ भने भर्चुअल काम वा अनलाइन सिकाइलाई पनि सहज बनाउछ ।

भी २५ सिरिजले प्रयोगकर्ताको दैनिक कार्यलाई सहज बनाउन मद्दत गर्दछ । यी स्मार्टफोनमा विस्तारित र्याम ३.० छन् जसलाई ८ जीबीसम्म विस्तार गर्न सकिन्छ । यसले प्रयोगकर्तालाई कुनै पनि अवरोध बिना एकैसाथ धेरै कार्यहरू गर्न र एक एपबाट अर्कोमा सहजै स्वीच गर्न सक्षम बनाउँछ । साथै, डाइमेन्सिटी ९०० र भी २५ ई मा जी ९९ प्रोसेसर छ । भी २५ सिरिजमा ४ हजार ५ सय एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ ।

कम्पनीका अनुसार व्यक्तिगत र व्यावसायिक दुवै प्रयोगका लागि भरपर्दो र गुणस्तरको स्मार्टफोन खोज्ने नेपाली प्रयोगकर्ताका लागि भी २५ सिरिज एक उत्तम विकल्प हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर