माइक्रोसफ्टको सर्च इन्जिन र ब्राउजरमा थपियो नयाँ फिचर, शब्दकै भरमा हुन्छ आकर्षक तस्बिर तयार – Nepal Press

माइक्रोसफ्टको सर्च इन्जिन र ब्राउजरमा थपियो नयाँ फिचर, शब्दकै भरमा हुन्छ आकर्षक तस्बिर तयार

काठमाडौं । विश्व प्रसिद्ध टेक जायन्ट कम्पनी माइक्रोसफ्टले आफ्नो सर्च इन्जिन बिङ र ब्राउजर एजमा नयाँ फिचर थपेको छ ।

ओपनएआईमा आधारित रहेर तयार पारिएको उक्त फिचरलाई ‘बिङ इमेज क्रियटर’ नामकरण गरिएको छ।

कम्पनीका अनुसार यस फिचर मार्फत प्रयोगकर्ताले शब्द (टेक्स्ट) मार्फत चित्र बनाउन सक्छन् । माइक्रोसफ्ट एज वा बिङमा गएर ‘बिङ इमेज क्रियटर’ सर्च गरेपछि ‘मिक्स्ड मिडिया क्रियसन’ को नयाँ वेब पेजमा गएर उक्त फिचर प्रयोग गर्न सकिन्छ ।

बिङ इमेज क्रियटरको पेजमा टेक्स्टको माध्यमबाट आफूलाई बनाउन मन लागेको चित्रको विवरण दिएपछि एआई बटले विवरण अनुरूप चार वटा तस्बिर बनाइदिन्छ ।

प्रयोगकर्ताले २५ पटक सम्म यो फिचर निःशुल्क प्रयोग गर्न सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर