जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित – Nepal Press

जुम बैठकमा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि विश्वविद्यालयका डीन निलम्बित

काठमाडौं । जुम बैठक चलिरहँदा महिला कर्मचारीमाथि अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तलाई निलम्बन गरिएको छ ।

महिला कर्मचारीलाई दुव्र्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि डीन दत्तलाई आज निलम्बन गरेको कृषि तथा वन विश्वविद्यालयका उपकुलपति पुन्य प्रसाद रेग्मीले नेपालप्रेसलाई बताए ।

आज बसेको बैठकले दत्तलाई निलम्बन गरेको उनले बताए । यस विषयमा छानविन गर्नका छानविन समिति गठन गरिएको छ ।

उनले भने,‘ हामीले छानविन समिति गठन गरेका छौं । छानविन नसकुन्जेल सम्मका लागि निलम्बन गरेको हो । त्यसपछि छानविन समितिले दिएको प्रतिवेदनपछि थप कारबाही अघि बढाउँछौं ।’ समितिले ४ दिन भित्रमा प्रतिवेदन पेश गर्नेछ ।

डीन जोगाउने भिसीको नियत

यसैबीच छानविनका लागि निलम्वन गर्ने भनेर उपकुलपति रेग्मीले डीनलाई जोगाउन खोजेको आरोप कर्मचारीले लगाएका छन् । भिडिओमा सबै कुरा देखिएको विषयमा छानविन गर्ने भन्नुको आसय जोगाउने रहेको एक प्राध्यापकले बताए ।

उनले भने–अश्लिल हर्कत गर्ने दत्त माओवादी नेता नै हुन् । माओवादीकै सेवा निवृत्त प्रा.डा. श्रवणकुमार साहको संयोजकत्वमा छानविन समिति बनाइनुले उनलाई चोख्याउने योजना हो भन्ने सहजै बुझ्न सकिन्छ । उपकुलपति रेग्मी पनि माओवादी कोटाबाटै नियुक्त भएकाले यो सबै सेटिङ हो ।

याे पनि पढ्नुहाेस् ।

कृषि विश्वविद्यालयका उपकुलपति भन्छन्- महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने डीनलाई कारबाही गर्छौं

आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *