आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ) – Nepal Press

आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ)

चितवन । चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तले संकायको जुम बैठक चलिरहँदा सोही कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको छ ।

मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकि विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।

आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।

उक्त जुम बैठक डीन दत्तले राखेका थिए । डीनले नै व्यवसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने ओरेन्टसन कार्यक्रम थियो । त्यहाँ दुई जना शिक्षकबाहेक सबै विद्यार्थी थिए । जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो । उनीहरुको भिडिओ देखिएको छैन ।

तर डीनको जुम भिडिओ अन थियो । नेपालप्रेसलाई प्राप्त भिडिओमा मंगलबार भएको सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले जुममा आफना भनाइहरु राखिरहेका थिए । तर, डीन दत्तले भने जुम मिटिङतर्फ ध्यान दिएको देखिँदैन । प्राप्त भिडिओ हेर्दा उनी जुम मिटिङ भइराखेको छ भन्नेमा अनविज्ञ देखिन्छन् वा आफैंले जुम मिटिङको भिडिओ अन गरेर बेवास्ता गरेका हुन् । उनले जबरजस्ती महिलालाई तानेर काखमा राख्छन् । महिला टाढिन खोजे पनि डीनले जबरजस्ती तानेर चुम्बन गरेको भिडिओमा देखिन्छ ।

यस्तो छ डीन दत्तको नजीर

२०७७ मा कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रार पद र कृषि संकाय, पशुविज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान संकायमा डीन रिक्त थियो । २०७७ असोज २२ गते कृषि संकायका डीनको पदका लागि १ नम्बरमा प्रा.डा. अर्जुनकुमार श्रेष्ठ, २ नम्बरमा प्रा. डा. अरविन्द श्रीवास्तव, ३ नम्बरमा प्रा. डा. कल्याणी मिश्र त्रिपाठी र ४ नम्बरमा प्रा. जयप्रकाश दत्त, ५ नम्बरमा प्रा. विष्णुराज ओझा, ६ नम्बरमा डा. शिवचन्द्र ढकाल र ७ नम्बरमा डा. सन्तोष मरहट्टाको निवेदन परेको थियो ।

तर १, २, ३ नम्बरका प्रोफेसरलाई फालेर चौथो नम्बरमा रहेका प्रा. जयप्रकाश दत्तलाई दोस्रो कार्यकालका लागि नियुक्त गरिएको थियो । उनी यसपटक पनि माओवादी भएकै कारण डीन भएको विश्वविद्यालयले स्रोतले बतायो । स्रोतका अनुसार दत्त २०७७ साल कार्तिकमा दोस्रो कार्यकाल डीन नियुक्ति भएका हुन् ।

उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गर्न माओवादीकै शीर्ष नेताले पहल गरेका थिए । दत्तलाई नियुक्त गर्दा पनि विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफलसमेत नभएको एक पदाधिकारीले बताए । यसअघि पनि दत्तको महिलालाई कार्यकक्षमै दुर्व्यवहार गर्ने गरेका थिए । तर, प्रशासनले बेवास्ता गर्दै आएको थियो ।

उपकुलपति सम्पर्कविहीन

यस घटनाको विषयमा बुझ्न हामीले विश्वविद्यालयका उपकुलपति पुण्य रेग्मीलाई बारम्बार सम्पर्क गर्ने कोसिस गर्‍याैं । तर, उनले आफ्नो मोबाइल नै अफ गरेर सम्पर्कविहीन भएका छन् । स्रोतका अनुसार डीनको घटना बाहिरिएसँगै उनी मोबाइल अफ गरेर बसेका छन् । यस्तै डीन दत्तले पनि मोबाइल अफ गरेका छन् ।

यसअघि सम्पर्क हुँदा रेग्मीले आफू महत्वपूर्ण बैठकमा व्यस्त रहेको भनी कार्यालयमा डीन दत्तले गरेका यौनजन्य क्रियाकलापबारे प्रतिक्रिया दिन इन्कार गरेका थिए ।


प्रतिक्रिया

2 thoughts on “आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ)

  1. बर्खास्त नै गर्नुपर्छ यस्ता अनैतिक चरित्रका स्वाँठलाई।

    1. Mati birexi kasko k lagxa! Afai baithak basaune afai aslilta pradarshan garne k saro achakli ae baba🤦‍♂️

Leave a Reply

Your email address will not be published. Required fields are marked *