कृषि विश्वविद्यालयका उपकुलपति भन्छन्- महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने डीनलाई कारबाही गर्छौं – Nepal Press

कृषि विश्वविद्यालयका उपकुलपति भन्छन्- महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने डीनलाई कारबाही गर्छौं

काठमाडौं । जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि कारबाही हुने उपकुलपति पुण्यप्रसाद रेग्मीले बताएका छन् ।

दत्तले अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि घटनाबारे विश्वविद्यालयका उपकुलपति रेग्मीलाई नेपाल प्रेसले बुझ्न खोज्दा सम्पर्क भएको थिएन । समाचार सम्प्रेषणपछि रेग्मीसँग सम्पर्क हुँदा डीनमाथि कारबाही हुने जानकारी दिए ।

रेग्मीले नेपाल प्रेससँग भने, ‘बिहीबार (भोलि) बैठक बोलाएर अमर्यादित हर्कत गर्ने डीन दत्तमाथि कारबाही गर्ने निर्णय गर्छु’

मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो ।

सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।

कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ । जबकी विश्वविद्यालयकै कृषि संकाय हेर्ने डीन उच्च निकाय हो ।

याे पनि पढ्नुस् : आफैंले राखेको जुम बैठकमा महिला कर्मचारीलाई तानेर कृषि विश्वविद्यालयका डीनको अश्लील हर्कत (भिडिओ)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर