‘गरिखान देऊ’ भन्दै महानगरको गेटअगाडि उत्रिए अटो व्यवसायी (तस्बिरहरू/भिडिओ) – Nepal Press

‘गरिखान देऊ’ भन्दै महानगरको गेटअगाडि उत्रिए अटो व्यवसायी (तस्बिरहरू/भिडिओ)

काठमाडौँ । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरु ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् ।

कुलेश्वर अटो व्यवसाय संघले काठमाडौं महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् । उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।

‘महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए ।

उनीहरूको ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा समेत विरोध गर्ने कार्यक्रम रहेको छ । उनीहरूले ट्राफिक आतंक पनि बन्द गर्न भन्दै नाराबाजी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *