शहरमा सुरु भयो दसैंको चहलपहल, मनाेहरामा लिंगे पिङ बनाइँदै (फोटो फिचर) – Nepal Press

शहरमा सुरु भयो दसैंको चहलपहल, मनाेहरामा लिंगे पिङ बनाइँदै (फोटो फिचर)

काठमाडौं । नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै चहलपहल बढेको छ । राजधानी काठमाडौंमा पनि सपिङ गर्नेदेखि घर जान तयारी गर्नेहरुसम्म देख्दा दसैंको रौनकको आभास दिन्छ ।

दसैंमा विभिन्न स्वादिष्ट परिकार बनाइने खाइने कुरा एउटा महत्वपूर्ण पक्ष हो भने धेरै विषयमध्ये छुटाउनै नहुनेमा पर्छ पिङ । हुन त शहरमा विभिन्न किसिमका स्वीङ पाइन्छन् । घर घरमै पनि बजारिया पिङ राख्ने चलन पनि छ । तर दसैं तिहारमा बाँसका खम्बाहरु गाडेर सनपाटको ठूलो लठ्ठा बनाएर बनाइएको पिङलाई लिंग् पिङ भनिन्छ । यसको महत्व गाउँ मात्रै होइन शहरमा पनि छ । यद्यपि पछिल्लो समय लिंगे पिङ बनाउने क्रममा घट्दो छ । मानिसको व्यस्तता, समय दिनुपर्ने, जनशक्ति लाग्ने तथा बाँसकै पनि सर्वसुलभता नहुने कारणले पनि हुन सक्छ ।

तर घटनास्थपना सुरु हुनु हप्ता दिन अघि नै काठमाडौं कागेश्वरीको मनोहरामा लिङ बनाउन थालिएको छ । त्यहाँका स्थानीयहरुले बाँस संकलन गरेर, सनपाटका लठ्ठा बनाउन जुटको व्यवस्था गरेर चार लिंगे पिङ बनाइरहेका छन् । दसैंमा टीका लगाइसकेपछि भुइं छाेड्नुपर्छ भन्ने मान्यता रहँदै आएकाे छ । त्यसका लागि पिङ खेल्ने गरिन्छ ।

तस्बिरहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *