इराकमा धर्मगुरु मुक्तदा अल सद्रका समर्थकले गरे राष्ट्रपति निवास कब्जा, १५ प्रदर्शनकारीकाे मृत्यु – Nepal Press

इराकमा धर्मगुरु मुक्तदा अल सद्रका समर्थकले गरे राष्ट्रपति निवास कब्जा, १५ प्रदर्शनकारीकाे मृत्यु

काठमाडौं । राजनीतिक गतिरोध अन्त्य हुन नसकेपछि आक्रोशित शिया धर्मगुरु मुक्तदा अल सद्रले सोमबार राजनीति छाड्ने घोषणा गरेसँगै उनका समर्थकहरुले राष्ट्रपति निवास कब्जा गरेका छन् ।

अल सद्रको उक्त घोषणालगत्तै सेनाले कर्फ्यु आह्वान गरेको थियो । कर्फ्यु उल्लंघन गर्दै उनका समर्थकहरु सडकमा उत्रिएका थिए । सोही क्रममा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा १५ जनाको मृत्‍यु भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गर्न खोज्दा झडप भएको हो । सो क्रममा ३०० भन्दा बढी घाइते भएका छन् । बीबीसीका अनुसार हाल सरकार भवन र दूतावास क्षेत्रमा तनावको स्थिति छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा देखिएअनुसार झडपमा रकेट प्रोपेल्ड ग्रेनेडहरुको समेत प्रयोग भएको देख्न सकिन्छ ।

इराकमा हिंसा बढेसँगै इरानले आफ्नो सीमा बन्द गर्ने घोषणा गरेको छ । कुवेतले आफ्ना नागरिकहरुलाई यथाशीघ्र इराक छोड्न अपिल गरेको छ ।

यता मुक्तदा अल सद्रले हिंसा र हतियारको प्रयोग बन्द नभएसम्म अनसनको घोषणासमेत गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर