काठमाडौंका पाँच वडाको नतिजा आउन बाँकी, बालेनको अग्रता अनुपात उस्तै – Nepal Press

काठमाडौंका पाँच वडाको नतिजा आउन बाँकी, बालेनको अग्रता अनुपात उस्तै

काठमाडौं । काठमाडौं महानगरपालिकाका ३२ मध्ये २८ वडाको अन्तिम परिणाम आइसकेको छ भने पाँच वडाको गणना जारी छ । मतगणना भइरहेका पाँचै वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह अगाडि छन् । कोर एरियाभित्र पर्ने वडा नम्बर १६ मा प्रत्यासीभन्दा दोब्बर मतले अगाडि छन् ।

अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहले ३४५७० मत पाएकी छन् । एमाले उम्मेदवार केशव स्थापितले ३३९२१ मत पाएका छन् ।

यहाँ अहिले १३, १४, १५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ ।


प्रतिक्रिया

One thought on “काठमाडौंका पाँच वडाको नतिजा आउन बाँकी, बालेनको अग्रता अनुपात उस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर