१० फुटबल खेलाडीले भनेः प्रशिक्षकसँगको विवादबारे छानविन होस, यही अवस्थामा खेल्न सक्दैनौ – Nepal Press

१० फुटबल खेलाडीले भनेः प्रशिक्षकसँगको विवादबारे छानविन होस, यही अवस्थामा खेल्न सक्दैनौ

काठमाडौं । राष्टिय फुटबल टोलीको बन्द पक्षिणबाट बाहिरिएका १० खेलाडीले पशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । प्रशिक्षकबाट मानसिक यातना पाएको भन्दै उनीहरुले यही अवस्थामा खेल्न नसक्ने बताए ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा  राष्ट्रिय टोलीका सदस्य अनन्त तामाङले भने, ‘कोचसँग हामीले पटकपटक विवाद समाधानका लागि प्रयाश गरेका थियौँ । यस विषयमा निश्पक्ष छानबिन होस । यही अवस्थामा हामी टिममा रहेर खेल्न सक्दैनौँ ।’

पत्रकार सम्मेलनमा टिमबाट बाहिरिएका सबै १० खेलाडी सहभागी थिए । आफुहरुलाई टिमको विदोहीका रुपमा दुष्प्रचार गरिएकोमा दुख लागेको उनीहरुले बताए । उनीहरुले आफुहरुलाई प्रशिक्षक अल्मुताइरीले व्यक्तिगत जिवनमा समेत हस्तक्षेप गरेको दिएको र मानसिक यातना पाएको बताएका छन् ।

फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले होस्टल राम्रो छ भन्नेहरुलाई आफन्त ल्याएर राख्न सुझाव दिएका छन् । उनले भने,‘होस्टल रामो छ भन्नेले उनीहरुका आफन्त ल्याएर राख्नुस् कस्तो छ थाहा हुन्छ ।’

पत्रकार सम्मेलनमा बोल्दै गोलकिपर विशाल श्रेष्ठले विवाद आन्तरिक रुपमा समाधान होस् भनेर चाहेको बताए । ‘हामो खेल्न काम थियो खेल्नमै खुसी थियौँ। आन्तरीक रुपमा विवाद समाधान होस् भन्ने थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर