एलन मस्क टुइटरको बोर्डमा सहभागी नहुने – Nepal Press

एलन मस्क टुइटरको बोर्डमा सहभागी नहुने

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्क टुइटरको बोर्ड कमिटीमा संलग्न नहुने भएका छन् । मस्कले हालै मात्र टुइटरको ९.२ प्रतिशत सेयर किनेपछि उनी टुइटरकै बोर्ड कमिटीमा संलगन भइ काम गर्नसक्ने आँकलन गरिँदै आएको थियो । यद्यपि, टुइटरका सिईओ पराग अग्रवालले सोमबार एक टुइटमार्फत एलन मस्कले टुइटरको बोर्डमा नबस्ने निर्णय गरेको बताएका छ्न् ।

टुइटरको सर्वाधिक सेयर होल्ड गर्ने व्यक्तिको रुपमा मस्कले कम्पनीलाई सुझाव भने दिइरहने अग्रवालको भनाइ छ । टुइटरको सेयर लिएपछि मस्कले टुइटर मा एडिट बटन राख्नु पर्छ वा पर्दैन ?, टुइटरको नाम बाट ‘डब्लु’ अक्षर हटाउनु कस्तो होला ? लगायतका विषयमा आममानिसहको धारणा सोधेका थिए भने टुइटरको ब्लू प्रीमियम सदस्यता सेवामा परिवर्तन गर्ने सुझाव समेत दिएका थिए ।

जसमा उक्त सेवाको मूल्य घटाउनुपर्ने, विज्ञापनहरुमा प्रतिबन्ध लगाउनुपर्ने तथा क्रिप्टोकरेन्सीमार्फत पनि भुक्तानी गर्न मिल्नुपर्ने लगायतका सुझाव समावेश थिए । टुइटरका अनेकौ पक्षहरुको परिवर्तनका विषयमा पछिल्लो समयको सक्रियतालाई लिएर मस्क टुइटरको बोर्ड कमिटीमै रही काम गर्ने अनुमान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर