ऋषि धमलाको स्पष्टीकरणमा प्रेस काउन्सिल असन्तुष्ट, बयानका लागि बोलायो – Nepal Press

ऋषि धमलाको स्पष्टीकरणमा प्रेस काउन्सिल असन्तुष्ट, बयानका लागि बोलायो

काठमाडौं । पत्रकार ऋषि धमलाले नेपाल एयरलाइन्सको विमानभित्र देखाएको उद्दण्ड व्यवहारका विषयमा प्रेस काउन्सिल नेपालले बयान लिने भएको छ । धमलालाई लिखित स्पष्टीकरण सोधेको काउन्सिलले उनको जवाफ चित्तबुझ्दो नभएपछि बयानका लागि बोलाएको हो ।

काउन्सिलको आज बसेको आचारसंहिता अनुगमन समितिको बैठकमा धमलाले दिएको जवाफबारे छलफल भएको थियो ।
जवाफमा पेस गरिएका तर्कमा सन्तुष्ट हुन नसकिएकाले बयानका लागि बोलाउने निर्णय भएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जानकारी दिए ।

धमलाले छिटो समाचार सम्प्रेषण गर्नु पत्रकारको धर्म हुने भन्दै आफ्नो गलत क्रियाकलापको बचाउ गर्न खोजेको काउन्सिलको निष्कर्ष छ । अब उनको मौखिक बयानपछि काउन्सीलले थप निर्णय लिने बस्नेतले बताएका छन् ।

धमलालाई भोलि मध्यान्ह १२ बजे बोलाइएको छ । काउन्सिलले प्राइम टिभीका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उनलाई भने मौखिक बयानका लागि बोलाइएको छैन ।

सम्बन्धित यी समाचार पनि पढ्नुस् 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *