गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण, आइन्दा यस्तो गतिविधि नगर्ने प्रतिबद्धता – Nepal Press

गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण, आइन्दा यस्तो गतिविधि नगर्ने प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे पत्रकार ऋषि धमलाले प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।

काउन्सिलले हिजो २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज प्रतिनिधिमार्फत समयमै पठाएका हुन् ।

काउन्सिल स्रोतका अनुसार धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता छ ।

‘जनतालाई सुसूचित गर्न छिटो समाचार दिने क्रममा हतार गर्दा गल्ती हुन गएको’ धमलाले बताएका छन् ।

स्पष्टीकरण पत्रमा धमलाले आफू पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।

धमलाले सुरुमा प्राइम टिभीको लेटर हेडमा हस्ताक्षर बिनाको स्पष्टीकरण प्रतिनिधिमार्फत पठाएका थिए । तर, काउन्सिले हस्ताक्षर चाहिने बताएर फिर्ता गरिदिएको थियो । त्यसपछि फेरि हस्ताक्षरसहितको पत्र बुझाइएको छ ।

काउन्सिलले धमलासहित प्राइम टेलिभिजनका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उक्त टिभीबाट बारम्बार आचारसंहिता विपरीतका कार्यहरू भइरहेको प्रति ध्यानाकर्षण गराइएको थियो । समाचार प्रमुखले पनि जवाफ पठाएका छन् ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाबाट स्पष्टीकरणको जवाफ आएको पुष्टि गरे ।

अब काउन्सिलको आचारसंहिता अनुगमन समितिको बैठक बसेर स्पष्टीकरणको अध्ययन गरी आवश्यक निर्णय लिइने बताए ।


प्रतिक्रिया

One thought on “गल्ती स्वीकार्दै ऋषि धमलाले काउन्सिललाई पठाए स्पष्टीकरण, आइन्दा यस्तो गतिविधि नगर्ने प्रतिबद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर