सिरहामा स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ – Nepal Press

सिरहामा स्रोत नखुलेको ११ लाखसहित एकजना पक्राउ

सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका ४ का ४४ वर्षीय दिलीपकुमार साह रहेाक छन् ।

उनलाई सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान–१ मटियर्वाबाट पक्राउ गरेकाे हाे ।

विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरी टाेलीले उनकाे साथबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नौ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको  छ । प्रहरीले नियन्त्रण लिएका साहलाई रकमसहित आवश्यक अनुसान्धान एवं कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरलाई बुझाएको छ ।

प्रायः सीमाक्षेत्रका भारतीय बजारमा कारोवार भएको नेपाली रुपैयाँ सिरहाको लहान, गोलबजार, सिरहा सदरमुकामका बैंकमा जम्मा गर्न लिएर आउने जानकारहरू बताउँछन् । भारतीय व्यवसायीहरूले नेपालमा रहेका आफन्त वा विश्वासिला व्यवसायीहरूको नाममा खाता खोलेर रकम जम्मा गर्ने र एटिएमको माध्यमबाट भारतमै रकम निकाल्ने गरेको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर