एआईजीमा सिफारिस भएर बढुवा नभएका पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश

२०८१ साउन ८ गते १२:४९

काठमाडौं। सर्वोच्च अदालतले अवकाशप्राप्त नेपाल प्रहरीका डीआईजी पोषराज पोखरेलको रिट दायर गर्न आदेश दिएको छ। उनी एआईजीमा सिफारिस भएर पनि बढुवा नभई अवकाश पाएका थिए।
टेकप्रसाद ढुंगानाको एकल इजलासले पोखरेलको रिट दायर गर्न आदेश गरेको हो। यसअघि सर्वोच्च अदालत प्रशासनले पोखरेलको रिट निवेदन दरपिठ गर्ने निर्णय गरेको थियो। उनले दरपिठविरुद्ध अर्को निवेदन दिएका थिए।
अघिल्लो सरकारले पोखरेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेर पनि समयमा बढुवा नगर्दा उनले डीआईजीमा अवकाश पाएका थिए। एआईजीमा रिक्त एक दरबन्दीमा गृहमन्त्रालयले सोमबार मात्र डीआईजी रामदत्त जोशीलाई सिफारिस गरेको थियो।
प्रतिक्रिया
सम्बन्धित खवर