ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु – Nepal Press

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीमा  ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने ट्र्याक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारू छन् ।

बालुवा बोकेर मौराबाट फर्किरहेको सु‍. प. प्र ०१००२ त ५५९८ नंको ट्र्याक्टर गए राति दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

ट्र्याक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा राति मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर