दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु – Nepal Press

दुई छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं । रुपन्देही र चितवनकाे  छुट्टाछुट्टै स्थानमा भएका मोटरसाइकल दुर्घटनामा दुईजनााको मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा बिहीबार राति मोटरसाईकलबाट खसेर मोटरसाईकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापाकाे मृत्यु भएकाे छ ।

उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । गएराती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाईकलबाट थापा खसेका थिए ।

दुर्घटना पश्चात मोटरसाईकल सहित चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।

यस्तै चितवनको भरतपुर महानगरपालिका–५ यज्ञपुरी चोकमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर–१६ का २४ वर्षीय आरजब दराई रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते दराईको भरतपुर स्थित कलेज अफ मेडिकल साईन्स अस्पतालमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गएराती पौने ११ बजे चितवनकै चौबिसकोटीबाट रामपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१प ४७८८ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय नारायणगढ चितवनले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *