नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा – Nepal Press

नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्जविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यादवले नक्कली पीसीआर रिपोर्ट बनाएको पुष्टि भएपछि सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

केन्द्रका तत्कालीन ल्याब इन्चार्ज यादवले पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरू गरेको थियो ।

अनुसन्धान हुँदा यादवले अस्पतालको छाप आफूखसी बनाइ दुरुपयोग गर्ने गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

यादवले प्रयोग गर्ने कार्यालयको कम्प्युटरको सीपीयूको फरेन्सिक परीक्षण गर्दा फेला परेका पीसीआर रिपोर्टहरू सबै नक्कली भएको समेत अख्तियारले जनाएको छ ।

भर्ना भएका बिरामीहरूको स्वाब संकलन गरी अनधिकृतरूपमा रकम लिइ स्वाबको परीक्षण नै नगरी गलत पीसीआर प्रतिवेदन उनले बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।

रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिइ पुन: नेगेटिभ बनाउन गरेको अख्तियारको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *