पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित) – Nepal Press

पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित)

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहेकाले इण्डियन आयल कर्पोरेशन (आईओसी) ले बढाएर नयाँ मूल्य सूची पठाएको छ ।

नेपाल आयल निगमका अनुसार विश्वमा कच्चा तेलको मूल्य झण्डै अमेरिकी डलर ९० देखि ९६ प्रति व्यारेल पुगिसकेको अवस्थामा इण्डियन आयल कर्पोरेशनले आज नयाँ मूल्य सूची पठाएको हो ।

आईसीले पठाएको सूची अनुसार प्रति लिटर पेट्रोल ५.६१, डिजेल ५.६२ र हवाई इन्धनमा ४.९५ ले बढेर आएको निगम जनाएको छ ।

नयाँ मूल्य अनुसार निगमलाई आगामी १५ दिनमा करीब २ अर्ब ४१ करोड घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ ।
निगमले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा करिब २४ अर्ब रुपैयाँ नोक्सानी व्यहोरेको जनाएको छ ।  प्रति महिना निगमले ४ अर्व भन्दा बढी ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमको भनाई छ ।

*यसअघिकाे समाचार अन्यथा परेकाले सच्याइएकाे छ ।


प्रतिक्रिया

One thought on “पेट्रोलियम पदार्थको मूल्य भारतले फेरि बढाएर पठायाे (मूल्य सूचीसहित)

  1. Petroleum ko vau badayeko badayei garney , utta NOC ko karmachari Bonus mei liptaa huney , ghatta naffa hisab kitta matalab nagari BONUS khaney , yo ta gair jhimmewari tarika vayo ni NOC KO karmachari ko .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर