एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न प्रचण्डलाई समाजवादीका प्रवक्ताको सुझाव – Nepal Press

एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न प्रचण्डलाई समाजवादीका प्रवक्ताको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले अमेरिकी सहायता परियोजना (एमसीसी) बारेको पत्रको खण्डन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिएका छन् ।

नेपालमा राष्ट्रिय सहमति कायम गरेर एमसीसी पारित गर्ने प्रतिवद्धतासहित प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पठाएको पत्र सार्वजनिक भएको छ ।

‘कमरेड प्रचण्डलाई देशभक्त नेपाली नागरिकको रुपमा र कम्युनिष्ट पार्टीको अध्यक्षका रुपमा आफूलाई परीक्षण गर्ने सुन्दर मौका प्राप्त भएको छ,’ नेपाल प्रेससँग कुरा गर्दै खतिवडाले भने, ‘कृपया यो पत्रको खण्डन गर्नुहोस् । एमसीसीका विपक्षमा दरोसँग आफू र आफ्नो पार्टीलाई उभ्याउनुहोस् ।’

पत्र सार्वजनिक भएपछि प्रचण्डले देउवालाई फोन गरेर आपत्ति जनाएका थिए । तर, उनले यसबारे अहिलेसम्म कुनै धारणा सार्वजनिक गरेका छैनन् ।


प्रतिक्रिया

One thought on “एमसीसीलाई लेखेको पत्रको खण्डन गर्न प्रचण्डलाई समाजवादीका प्रवक्ताको सुझाव

  1. दलालकाे कामै उताकाे काम गर्ने हाे। यसरी जनतालाई कति दिन ठग्दाे रहेछ हेराैंला नि ।अर्काे अनैतिक फेरि सुझाव दिने लाईनमा आयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर