प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण – Nepal Press

प्रधानमन्त्री कार्यालयका तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन जना सचिवसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुइ दिन लगाएर कार्यालयका कार्यरत २ सय जना कर्मचारीको पीसीआर परिक्षण गर्दा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कार्यालयमा आर्थिक तथा पूर्वाधार विकास हेर्ने सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसीका प्रमुखसमेत रहेका प्रादेशिक समन्वय र सामाजिक विकास हेर्ने सचिव रामप्रसाद थपलिया र भर्खरै सहसचिवबाट सचिवमा बढुवा भएर पदस्थापन हुन नसकेका सचिव कृष्णबहादुर रावतसहित ४० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रवक्तासमेत रहेका सहसचिव महादेव पन्थले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार कार्यालयमा कार्यरत सहसचिव मनोज आचार्य र एक जना अर्का सचिव गरेर दुइ जना सहसचिवलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालका सचिव थपलिया र ढुंगानालाई भने केहि दिन अघि नै संक्रमण पुष्टि भएको थियो । उनीहरु दुवै जना संक्रमणमुक्त भइनसकेको कार्यालयले जनाएको छ । प्रवक्ता पन्थका अनुसार प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयका दुइ जना सचिवमा कोरोना संक्रमण पुष्टि भइसकेपछि कार्यालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टिम बोलाएर कार्यालयमा नै पीसीआर परिक्षण गराएको थियो । उनका अनुसार थप केहि कर्मचारी आइतबार पनि परिक्षण गरिएकाले उनिहरुको रिपोर्ट आउन बाँकी छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमणम पुष्टि भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयले कोराना संक्रमित तथा सामान्य ज्वरो तथा रुघाखोकी लागेका कर्मचारीलाई पनि घरमा नै बस्ने भनेको छ भने कार्यालयलाई निसंक्रमण पनि गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर