अपडेट : विवादित मिडिया अवार्डमा प्रचण्ड नजाने, प्रमुख अतिथि खोज्दै आयोजक – Nepal Press

अपडेट : विवादित मिडिया अवार्डमा प्रचण्ड नजाने, प्रमुख अतिथि खोज्दै आयोजक

काठमाडौं । पत्रकारहरुलाई पुरस्कार दिन आयोजना गर्न लागिएको विवादित मिडिया अवार्ड कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नजाने भएका छन् । प्रचण्डकाे सचिवालयले उनी अवार्ड वितरणमा नजाने पुष्टी गरेकाे हाे ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले काेराेनाकाे त्राशका कारण अबका दुई-चार दिन सार्वजनिक कार्यक्रममा नजाने नीति बनाएकाले त्यो कार्यक्रममा पनि नजाने बताए।

मनोनयनमा पारिएका पत्रकारहरूले नै धमाधम पुरस्कार बहिष्कार गरेपछि मिडिया अवार्ड कार्यक्रम र आयोजक ड्रिम हाइ नेपाल विवादित बनेका छन् । भोलि हुने कार्यक्रममा प्रचण्डलाई प्रमुख अतिथि हुने भनेर पाेस्टरमा उनकाे ठूलाे तस्बिर प्रयाेग गरिएकाे छ ।

प्रचण्ड नजाने भएपछि कार्यक्रमको प्रमुख अतिथि को हुने भन्नेमा अन्यौल उत्पन्न भएको छ । आयोजक संस्था ड्रिम हाइ नेपालका प्रबन्ध निर्देशक कमल जीसीले कुनै संस्कृतिविद् वा बुढापाका मान्छेलाई प्रमुख अतिथि बनाइने बताए ।

‘हामीलाई मिडियाले चिप्ल्याए । प्रचण्ड नआए पनि कार्यक्रम रोकिँदैन । पाको उमेरको कोही सम्मानित व्यक्तित्व वा संस्कृतिविद् खोजेर प्रमुख अतिथि बनाउँछौं’, उनले नेपाल प्रेससँग भने ।

बिनाप्रक्रिया र मापदण्ड पुरस्कारको मनोनयनमा नाम राखेको भन्दै पत्रकारहरुले त्यसलाई अस्वीकार गरिरहेका छन् । विशुद्ध नाफा कमाउने उदेश्यका लागि पुरस्कार बाँड्ने कार्यक्रममा सहभागी भएको भन्दै नेपाल पत्रकार महासंघको समेत आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर