नेपालमा तीन महिनायताकै उच्च संक्रमण : बिहीबार ५४० जना कोरोना संक्रमित थपिए – Nepal Press

नेपालमा तीन महिनायताकै उच्च संक्रमण : बिहीबार ५४० जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ३१० संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ५४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ९९ नमुना (७२०९ पीसीआर र ४८९० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

सोही अवधीमा थप १ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ । २७१ जना निको भएर घर फर्किएका छन् ।

सक्रिय संक्रमित संख्या ५४३१ पुगेको छ । १ लाख २० हजार जनाले बिहीबार कोभिडविरुद्धको खोप लगाएका छन् ।

आजको दैनिक संक्रमणदर झन्डै ७ प्रतिशत पुगेको छ । आज पुष्टि भएको संक्रमण गत तीन महिनायताकै उच्च हो । गत कात्तिक १० गते ५८२ संक्रमण पुष्टि भएको थियो ।

काठमाडौं उपत्यकामा आज ३१० जना संक्रमित थपिएका छन् जसमा काठमाडौं जिल्लामा २२१ जना, ललितपुरमा ५९ र भक्तपुरमा ३० जना संक्रमित थपिएका छन् ।

पीसीआर परीक्षण गर्दा कूल संक्रमित संख्या ५ लाख ३० हजार ४८० र एन्टीजेन परीक्षण गर्दा ९६ हजार ४४५ संक्रमित पुष्टि भएको छ । कूल मृत्यु ११ हजार ६०२ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *