महाधिवेशनबाट माओवादीको आग्रह- यथास्थितिमा एमसीसी पारित नगरियोस् (प्रस्तावसहित) – Nepal Press

महाधिवेशनबाट माओवादीको आग्रह- यथास्थितिमा एमसीसी पारित नगरियोस् (प्रस्तावसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसीसी पारित नगर्न आग्रह गरेको छ । आठौं महाधिवेशनबाट प्रस्ताव पारित गर्दै माओवादीले सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हितप्रतिकूल रहेको ठहरसमेत गरेको छ।

‘राष्ट्रव्यापी तथा अन्तर्राष्ट्रिय रूपमै गम्भीर छलफलमा रहेको नेपाल सरकार र एमसीसी बिच भएको सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस,’ प्रस्तावमा भनिएको छ, ‘यस विषयमा सम्पूर्ण राजनीतिक दल, सरकार र संसद सहित समग्र राष्ट्रिय सहमति कायम गर्दै अघि बढ्न यो महाधिवेशन माग गर्दछ ।’

त्यस्तै माओवादीले नेपालको सीमा रक्षार्थ शहीद भएका कंचनपुरका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटेपछि वेपत्ता भएका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी घटनामा संलग्नलाई कायर्वाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न समेत माग गरेको छ।

नेपाल-भारत सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेको ज्यादती भइरहेको भन्दै सुस्ता, महेशपुरलगायतका सबै अतिक्रमित भूमि फिर्ता लिन र नेपाल र भारतबीचको सीमाको वैज्ञानिक व्यवस्थापनका लागि सरकारसँग मागसमेत गरेको छ ।

यस्तो छ माओवादीको ४५ बुँदे समसामयिक प्रस्तावः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर