शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश – Nepal Press

शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश डा. खुसीप्रसाद थारु र डा. नवराज थपलियाको संयुक्त इजलाशले आइतबार लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर गरिएको मुद्धामा यस्तो आदेश दिएको हो ।

‘समान तहको पदको नतिजा सार्वजनिक नहुदैँ समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम एकिन हुनपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुञ्जेल अहिलेकै कायम रहने गरी र अहिले निवेदकलाई अन्याय नहुनेगरी गत मंसिर २९ गते आयोगले प्रकाशन गरेको विज्ञापनको प्रक्रिया अघि नबढाएर यथास्थितिमा राख्न पुष १३ गते नै अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइन्छ ।’ उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशमा भनिएको छ ।

निवेदकका तर्फबाट अधिवक्ता आशिप पन्त र अनुपम भट्टराईले तथा विपक्षी बनाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा लोकसेवा आयोगको तर्फबाट उच्च सरकारी वकील कार्यालय, पाटनका सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र सहायक न्यायाधिवक्ता चन्द्रप्रसाद संजेलले बहस गरेका थिए । निवेदकले लोकसेवा आयोगले २०७६ साल मंसिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यताक्रम प्रकाशित नहुँदै २०७८ मंसिर २९ गते लोकसेवा आयोगले शाखा अधिकृतको विज्ञापन गरेको भन्दै मुद्धा दर्ता गरेका थिए ।


प्रतिक्रिया

One thought on “शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

  1. के भन्ने खै के खै के लाेकसेवा आयाेग फटाहा हाे कि उच्च अदालत, पाटन । तर मेराे बिचारमा दुबै फटाहा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *