‘ए’ डिभिजन लिगः पुलिसलाई जित्नै पर्ने दबाबमा मछिन्द्र – Nepal Press

‘ए’ डिभिजन लिगः पुलिसलाई जित्नै पर्ने दबाबमा मछिन्द्र

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविकविजेता मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा ४:४५ बजे सुरू हुने खेल मछिन्द्रलाई जित्नै पर्ने दबाब छ । आजको खेल बराबरी अथवा हारेमा मछिन्द्रले एएफसी कप छनोट चरणम खेल्ने अवसर गुमाउनेछ । गत सिजन लिग विजेता भए पनि क्लब लाइसेन्स नभएका कारण मछिन्द्रले छनोट चरण खेल्न पाएको थिएन ।

एएफसी क्लब लाइसेन्स प्राप्त टोलीमध्य सातौं चरणको समाप्तीमा लिग तालिकाको शिर्ष स्थानमा रहने टोलीले एएफसी कप छनोट चरणमा स्थान बनाउनेछ ।

‘ए’ डिभिजन लिगमा विभागिय त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब, मछिन्द्र र मनाङ मर्स्याङदी क्लबले एएफसी क्लब लाइसेन्स पाएका छन् । आर्मी सातौं चरणसम्म आइपुग्दा तालिकाको चौथो र एपीएफ ११औं स्थानमा छन् ।

मनाङ सात खेलमा १६ अंकसहित शिर्ष स्थानमा छ । मछिन्द्र ६ खेलमा १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, मछिन्द्रलाई शीर्ष स्थानमा रहेर एएफसी कप छनोट खेल्न क्लियर तीन अंकको आवश्यकता छ ।

पुलिस ६ खेलमा ६ अंकसहित तालिकाको १०औं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *