शिक्षा सेवाका दुइ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस – Nepal Press

शिक्षा सेवाका दुइ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । शिक्षा सेवाका दुइ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका एक सदस्यको नेतृत्वमा रहेको बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा नेपाल शिक्षक सेवा अन्तरगत शिक्षा प्रशासन समूहका उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफारिस हुनेमा एक नम्बर रुद्रप्रसाद अधिकारी रहेका छन् भने दुइ नम्बरमा लक्ष्मीप्रसाद भट्टराई रहेका छन् । शिक्षा सेवाका नौ जना प्रतिस्पर्धीबाट जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरु सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

सहसचिवमा बढुवाका लागि सिफारिस भएका दुइ जनाको बारेमा चित्त नबुझेका ३५ दिन भित्र बढुवा सिफारिस समितिमा उजुरी दिनुपर्नेछ । दुवै जनाका विरुद्ध कुनै पनि उजुरी नपरे ३५ दिन पछि बस्ने मन्त्रिपरिष्द बैठकले दुवै जनालाई सहसचिवमा बढुवा गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर