शाखा अधिकृतकाे दरखास्त संकलन कार्य स्थगित – Nepal Press

शाखा अधिकृतकाे दरखास्त संकलन कार्य स्थगित

काठमाडौं । लोक सेवा आयोगले शाखा अधिकृतका लागि गरेको विज्ञापनमा लिइरहेको दरखास्त संकलनको कार्य स्थगित गरेको छ । उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मिति सम्म नगरेर यथास्थितीमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएपछि आयोगले एक सूचना जारी गर्दै दरखास्त संकलन कार्य स्थगित गरेकाे हो ।

आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सूचारु रहेको बढुवा एवं खुला विज्ञापनतर्फ दरखास्त लिने कार्य मिति पुष १८ गतेसम्मका लागि स्थगित गरेको आयोगका सूचना अधिकारीसमेत रहेका उपसचिव देवीप्रसाद सुवेदीले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार पुष १८ गतेको छलफलपछि अदालतले दिने आदेश अनुसार नै आयोग अगाडी बढ्ने छ ।

लोक सेवा आयोगले आयोगको वार्षिक कार्यतालिका अनुसार मंसिर मसान्तमा निजामती सेवातर्फका विभिन्न सेवा समूहका राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहको पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा र खुला तथा समावेशी प्रतियोगितातर्फ विज्ञापन गरी दरखास्त लिदैँ आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *