मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण – Nepal Press

मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको दवावले मात्र धनगढी विमानस्थलको स्तरन्नोतिका लागि बजेट विनियोजन नगरिएको स्पष्ट पारेको छ । प्राधिकरणले मंगलबार एक विज्ञप्ती जारी गर्दै हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार नै विमानस्थलको स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाउन खोजिएको स्पष्ट पारेको हो ।

‘विमानस्थलमा स्तरन्नोतिका लागि विनियोजित बजेट माननिय मन्त्रीज्यूको नीजि चाहना नभई हवाई नीति, २०६३ को मार्गनिर्देशन अनुसार देश संघीय प्रणालीमा गई सकेको अवस्थामा हवाई सेवालाई सोही अनुरुप विकास, विस्तार र सो क्षेत्रका जनताको सेवा सुविधा र चाहनालाई दृष्टिगत गरी विमानस्थललाई स्तरन्नोति गरी सुविधा सम्पन्न विमानस्थल बनाईने प्रयास स्वरुप प्रथम चरणमा जग्गा अधिकरणका लागि बजेट विनियोजन भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ।’

बजेट तथा कार्यक्रम केही ढिला हुनुमा कोही कसैको दवाव तथा प्रभाव कारक नभई देश संघीय प्रणालीमा गई सकेको हुनाले सोही अनुरुप बजेट तथा कार्यक्रम समेत परिमार्जन गनुपर्ने र यसको लागि सबै सरोकारवाला पक्षसंग गहन छलफल गरेर मात्र अगाडी बढाउनुपर्ने भएकाले केही ढिलाई भएको प्राधिकरणले विज्ञप्तीमार्फत नै जानकारी गराएको छ ।

प्राधिकरणले आर्थिक बर्ष २०७८-०७९ को बार्षिक बजेटमा विमानस्थल विकास तथा सुदृढिकरण आयोजनाको प्राथमिकताका लागि विभिन्न चरणमा गहन अध्ययन र छलफल पश्चात् आवश्यक सुधारका लागि पुष ११ गते बसेको प्राधिरकरणको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ । प्राधिकरणको आर्थिक बर्ष ०७८-०७९ बजेट तथा कार्यक्रम पारित हुन केही ढिला भए पनि बजेटले भविष्यमा नमूना पूर्वाधार खडा हुने विश्वास लिएको जनाइएको छ ।


प्रतिक्रिया

One thought on “मन्त्रीको दवावले धनगढी बिमानस्थलका लागि बजेट विनियोजना गरिएको होइन : नागरिक उड्डयन प्राधिकरण

  1. चोरले चोरी गरेपछि पुलिसलाइ नभन्न र पुलिस आए चोरी नभएको भन्नु नत्र मारिदिन्छु भनेर दबाब । निरिह जनता! मान्नै पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर