एमाले रामेछापको जिल्ला अधिवेशन- यस्तो छ प्रतिनिधि चयनको मापदण्ड – Nepal Press

एमाले रामेछापको जिल्ला अधिवेशन- यस्तो छ प्रतिनिधि चयनको मापदण्ड

मन्थली । नेकपा एमाले रामेछापले आगामी पुस २३ देखि सुरू हुने जिल्ला अधिवेशनमा भाग लिने प्रतिनिधिहरूको लागि मापदण्ड र संख्या तय गरेको छ ।

जिल्ला सचिवालय बैठकले गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रकाशकुमार कार्कीले पुस १७ गते एकै दिन ६४ वटै वडामा प्रतिनिधि छनौट हुने बताए ।

प्रत्येक वडाले पहिलो ५० जना संगठित सदस्य बराबर एक महिलासहित ३ जना प्रतिनिधि चयन गर्ने र अर्को ५० सदस्य बराबर २ जना खुला प्रतिनिधि आउन पाउने व्यवस्था गरिएको कार्कीले बताए ।

त्यस्तै जिल्लामा रहेका विभिन्न जनवर्गीय संगठनलाई पनि प्रतिनिधिको कोटा तोकिएको छ । युवा संघ,अनेरास्ववियु, किसान महासंघ,प्रेस चौतारी,महिला संघ,जनजाति महासंघ लगायत घोषित जन संगठनबाट पाँच-पाँच जना प्रतिनिधि तोकिएका छन् ।

त्यस्तै भुपु सैनिक प्रहरी संगठन र कानून व्यवसायीबाट दुई-दुईजना तोकिएका छन् भने सम्पर्क मञ्चबाट १५ जना,जिल्ला सल्लाहकारबाट १५ जना र नगरपालिका तथा गाउँपालिका कमिटीबाट पाँच पाँच जना प्रतिनिधि बन्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर