प्रतिगमन चर्को रूपमा आइरहेको छ, गठबन्धन झन् बलियो बनाउनुपर्छ: दुर्गा पौडेल – Nepal Press

प्रतिगमन चर्को रूपमा आइरहेको छ, गठबन्धन झन् बलियो बनाउनुपर्छ: दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले उपलब्धीहरुमाथि हमला भइरहेको भन्दै पाँच दलीय गठबन्धन झन बलियो बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

आइतबार माओवादी केन्द्रको महाधिवेशनमा शुभकामना व्यक्त गर्दै पौडेलले एकताका लागि आग्रह गरेकी हुन् । ‘गणतन्त्र, लोकतन्त्रण र धर्मनिरपेक्षतामाथि चौतर्फी हमला भइरहेको छ,’ उनले भनिन्, ‘मतभेदकाबीच पनि उच्च प्रकारको एकता आवश्यक छ । आज प्रतिगमन चर्को रूपमा प्रस्तुत भइरहेको छ । यसविरुद्ध पाँच दलीय गठबन्धनलाई झन् एकताबद्ध बनाएर लैजानुपर्छ ।’

पौडेले गठबन्धन र एमसीसीबारे महत्वपूर्ण निर्णय महाधिवेशनबाट लिने अपेक्षा गरेको पनि बताइन । ‘राष्ट्रघाती एमसीसी खारेज गर्न पनि यो महाधिवेशनले महत्वपूर्ण निर्णय लियोस्,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर