केन्द्रीय समितिमा पेस भएको प्रचण्डको राजनीतिक दस्तावेजको छलफल महाधिवेशनमै – Nepal Press

केन्द्रीय समितिमा पेस भएको प्रचण्डको राजनीतिक दस्तावेजको छलफल महाधिवेशनमै

काठमाडौं । महाधिवेशनको सम्मुखमा बसेको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दस्तावेज पेस गरेका छन् । बैठकबारे जानकारी दिँदै प्रवक्ता कृष्णबहादुर महराले बैठकमा पेसमात्रै भएको र छलफल भने महाधिवेशनमै हुने बताए ।

त्यस्तै बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिको प्रस्तावलाई अनुमोदन गरेको छ । बैठकले पार्टीको अन्तरिम विधान संशोधन गर्दै १५ जना पदाधिकारी रहने प्रस्तावसमेत महाधिवेशनमा लैजाने निर्णय गरेको छ।

महराका अनुसार केन्द्रीय समितिको अकार २९९ मा केही प्लस हुने बताए । महाधिवेशनले केन्द्रीय समितिको निर्वाचन गर्ने र समितिले अध्यक्षसहितका पदाधिकारी निर्वाचन गर्ने बताए । सहमति नभएको अवस्थामा निर्वाचनमा जाने महराले बताए ।

केन्द्रीय सदस्य युवराज दुलालका अनुसार प्रचण्डले सम्मेलनलाई महाविधेशनमा रुपमान्तरण गर्नुका कारण बैठकमा राखेका थिए ।

प्रचण्डले वडादेखि प्रदेशसम्म अधिवेशनकै सबै प्रक्रिया पुरा गरेर आएको र केन्द्रमा पनि त्यस्तै हुने भएकाले महाधिवेशन भन्नु उपयुक्त हुने बताएका थिए । ‘हामी नयाँ केन्द्रीय समितिको निर्वाचन पनि गर्ने भएपछि यो सबै हामीले गरेको प्रक्रिया हेर्दा नाम राष्ट्रिय सम्मेलन दिए पनि महाधिवेशनकै निम्ति गर्‍यौ,’  प्रचण्डको भनाइ थियो ।

प्रचण्डले आफ्ना कुरा राखेपछि हलले उनको प्रस्तावलाई अनुमोदन गरेको दुलालले बताए । उनका अनुसार केन्द्रीय समिति बैठक स्थगनमात्रै भएको र आवश्यक निर्णय लिन जतिबेला पनि बैठक बस्न नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर