सर्वदलीयअघि सत्तारूढ गठबन्धनको बैठक बस्दै – Nepal Press

सर्वदलीयअघि सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकअघि बस्नुअघि सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

दिउँसो ४ बजे सर्वदलीय बैठक बोलइएको छ भने त्यो भन्दाअघि दिउँसो २ बजे गठबन्धनको बैठक बस्न लागेको हो।

दुवै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका हुन् ।

अमेरिकी अनुदान सहायता कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बस्न लागेको हो । त्यस भन्दाअघि गठबन्धनमा यो विषयमा साझा धारणा बनाउने प्रयास हुनेछ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने नजाने भएको छ ।

आफूबाट छुुट्टीएर गएको एकीकृत समाजवादी अवैध भएको भन्दै एमालेले एकीकृत समाजवादी पार्टी सहभागी भएको बैठक तथा कार्यक्रमहरु बहिस्कार गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर