यूईएफएले च्याम्पियन्स लिग ‘ड्र’मा ‘झुटो’ काण्ड मच्चाइयो: रियाल मड्रिड – Nepal Press

यूईएफएले च्याम्पियन्स लिग ‘ड्र’मा ‘झुटो’ काण्ड मच्चाइयो: रियाल मड्रिड

काठमाडौं । यूईएफले सोमबार सार्वजनिक गरेको च्याम्पियन्स लिगको ‘ड्र’मा झुटो कान्ड मच्चाएको रियाल मड्डिले बताएको छ । सोमबार जारी भएको अन्तिम १६ को ड्रको पहिलो चरणमा रियाल मड्रिड पोर्चुगिज क्लब बेन्फिकासँग परेको थियो ।

यद्यपि, म्यानचेस्टर युनाइटेडको नाम लेखिएको बल गलत स्थानमा राखेर निकाल्न बिर्सिएको भन्दै यूईएफएले रि–ड्र गरेको थियो । तर, दोस्रो पटक भएको ड्रमा रियाल फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी)सँग परेको छ ।

यसप्रति असन्तुष्टि जनाउँदै प्रतियोगिताको सर्वाधिक सफल क्लब रियालले बेन्फिकासँगकै ड्र कायम रहनु पर्ने बताएको छ ।

‘यूईएफएको यो निर्णय अनपेक्षित, पश्चातायोग्य र बुझ्नै नसकिने छ,’ रियालका निर्देशक एमिलियो बुट्राग्वेनोले भनेका छन्, ‘ड्रलाई फलो गरिरहेका करोडौं फ्यानको अपमान भयो ।’

सोमबार भएकाे रि-ड्रअनुसार म्यानचेस्टर सिटीले पोर्चुगिज साइड स्पोर्टिङ सिपीसँग परेको छ । यस्तै, बायर्न म्युनिख र आरबी साल्जबर्ग तथा इन्टर मिलान र लिभरपुल आमनेसामने हुनेछन् ।

साविक विजेता चेल्सी भने पहिलो ड्रअनुसार लिलेसँगै खेल्ने छ भने युभेन्टस र भिलारियाल भिड्ने छन् । एथ्लेटिको मड्रिड र म्यानचेस्टर युनाइटेड तथा बेन्फिका र आयाक्सले प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *