बाजागाजासहित प्रकाशमान गए उम्मेदवारी दर्ता गर्न (तस्बिरहरु) – Nepal Press

बाजागाजासहित प्रकाशमान गए उम्मेदवारी दर्ता गर्न (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेस नेता प्रकाशमान सिंह सभापतिमा उम्मेदवारी दर्ता गर्न बाजागाजासहित महाधिवेशनस्थल पुगेका छन् ।

आफ्नो सम्पर्क कार्यालयबाट नेता कार्यकर्ताहरुको साथमा सिंह उम्मेदवारी दर्ता गर्न महाधिवेशनस्थल गएका हुन् ।

सिंहको प्यानलबाट सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दर्ता गर्ने भएकी छन् ।

संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउन निरन्तर छलफल चलेपनि नेताहरुबीच सहमति जुट्न नसकेपछि सिंह प्यानल बनाएर उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र शशांक कोइरालाले शेखर कोइरालालाई समर्थन गरेका छन् । शेखरले आफ्नो टिमपनि सार्वजनिक गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर