कर्णालीका मुख्यमन्त्रीले सचिवालय पनि बनाउन सकेनन्, काम प्रभावित – Nepal Press

कर्णालीका मुख्यमन्त्रीले सचिवालय पनि बनाउन सकेनन्, काम प्रभावित

सुर्खेत । भागबण्डा किचलोका कारण मन्त्रिमण्डललाई पूर्णता दिन नसकिरहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाँच सातासम्म आफ्नो सचिवालय बनाउन सकेका छैनन् । सचिवालय गठन नहुँदा मुख्यमन्त्री कार्यालयको काम प्रभावित भएको छ । मुख्यमन्त्री शाहीले प्रेस सल्लाहकार, राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकारदेखि विज्ञहरु नियुक्त गर्न नसक्दा काम प्रभावित भएको हो ।

कांग्रेस महाधिवेशनमा केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका मुख्यमन्त्री शाहीले आफ्नो टिम नै बनाउन नसकेकोमा आलोचना भइरहेको हो ।

‘मुख्यमन्त्री शाहीले मन्त्रीपरिषद् विस्तार त गर्न सक्नु भएन, कम्तिमा आफ्नो सचिवालय त विस्तार गर्न सक्नुपथ्र्यो’, पूर्व आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको सचिवालयमा काम गरेका अखिल क्रान्तिकारीका नेता जगत ढकाल भन्छन्, ‘आफ्नै सचिवालय गठन गर्न नसक्ने मुख्यमन्त्रीबाट के आशा गर्नु ?’

प्रमुख स्वकीय सचिवको रुपमा उनले प्रदेशसभा सदस्य भएदेखि नै राज रोकायालाई नियुक्त गरेका थिए । त्यसपछि कसैलाई पनि आफ्नो टिममा राखेका छैनन् ।

भागबण्डा नमिलेका कारण मन्त्रिमण्डलाई पूर्णता नसकेको भन्दै मुख्यमन्त्री शाहीको आलोचना भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर