एमालेले चुनाव जिते फासिष्ट शासन आउने मसालको ठहर, ओली हराउन चुनावसम्मै पाँच दलीय गठबन्धन – Nepal Press

एमालेले चुनाव जिते फासिष्ट शासन आउने मसालको ठहर, ओली हराउन चुनावसम्मै पाँच दलीय गठबन्धन

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आगामी चुनावमा नेकपा एमालेले बहुमत ल्याएमा केपी ओलीले संविधान संशोधन गरेर देशलाई प्रतिगमन र फाशिष्ट शासनमा लैजाने दाबी गरेका छन् ।

केन्द्रीय समिति बैठकपछि सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महामन्त्री सिंहले एमालेले चुनाव जितेमा फाशिष्ट शासन कायम हुने खतरा रहको बताएका हुन् । ओलीको उद्देशय जसरी पनि चाँडो चुनावमा जाने र जितेर फाशिष्ट अधिनायकवादी शासन चलाउने रहेको सिंहको दावी छ ।

उनले एमालेको महाधिवेशन प्रहसनमात्र भएको र त्यसले केपी ओलीलाई थप शक्तिसाली बनाएकोले ओलीको सम्भावित प्रतिगमन र फासिष्ट शासनको खतरालाई पराजित गर्न पाँच दलीय गठबन्धन बलियो हुनुपर्ने बताएका छन् ।

सिंहले भनेका छन, ‘ओलीद्वारा सम्भावित प्रतिगमन र फासिष्ट शासनको खतरालाई पराजित गर्नु अहिलेको राष्ट्रिय आवश्यकता भएको छ । पाँच दलीय गठबन्धनले मात्रै त्यो कार्य, अर्थात ओलीलाई चुनावमा पराजित गर्न र, त्यसरी प्रतिगमन र फासिष्ट शासनलाई रोक्न सक्दछ । त्यो उद्देश्य पूरा गर्नको लागि त्यो बाहेक अन्य कुनै विकल्प छैन । तर, अहिले कैयौँ दिशाबाट त्यो गठबन्धनलाई टुटाउन प्रयत्न भइरहेका छन् । यदि त्यस्तो भयो भने त्यसको अर्थ देशलाई प्रतिगमन र फासिष्ट शासनको मुखमा धकेल्नु नै हुनेछ । त्यसैले हामीले आपसका कैयौँ मतभेदका बाबजुद चुनावसम्म अहिले बनेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।’


प्रतिक्रिया

One thought on “एमालेले चुनाव जिते फासिष्ट शासन आउने मसालको ठहर, ओली हराउन चुनावसम्मै पाँच दलीय गठबन्धन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर