राप्रपा महाधिवेशनः रेखा थापा महामन्त्रीको आकांक्षी ! लिङ्देनको प्यानलमा पर्न प्रयासरत – Nepal Press

राप्रपा महाधिवेशनः रेखा थापा महामन्त्रीको आकांक्षी ! लिङ्देनको प्यानलमा पर्न प्रयासरत

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा आकांक्षा राखेकी छन् । राप्रपाको महाधिवेशन आजबाट काठमाडौंमा सुरू भएको छ ।

हाल केन्द्रीय सदस्य रहेकी थापाले राजेन्द्र लिङ्देनको प्यानलबाट चुनाव लड्ने तयारी गरेकी हुन् । लिङ्देनको प्यानलमा महामन्त्रीका लागि रेखाले लविङ गरिरहेको उनीनिकट स्रोतले जनाएको छ । यदि महामन्त्री नपाए पदाधिकारीमध्ये कुनैमा उनले उम्मेदवारी दिनेछिन् ।

केही दिनअघि लिङ्देनले उम्मेदवारी घोषणा गर्दा रेखा पनि समर्थन जनाउन उपस्थित भएकी थिइन् । पार्टीमा युवा नेतृत्व चाहिएकाले लिङदेनको पक्षमा उभिएको उनको भनाइ छ । लिङदेन समूहले आज बेलुकासम्म आफ्नो प्यानलबाट लड्ने उम्मेदवारको सूची तयार गर्दैछ । त्यसमा रेखाले आफूले महामन्त्री पाउनुपर्ने लविङ गरेकी छन् ।

राप्रपामा तीन महामन्त्री रहने व्यवस्था छ, जसमध्ये एकजना अनिवार्य महिला हुनुपर्छ । सोही महिला कोटामा रेखाले आफ्नो दावी प्रस्तुत गरेकी हुन् । उनले औपचारिकरुपमा नबोले पनि निकटस्थहरुसँग ‘केन्द्रीय सदस्यभन्दा माथि लड्ने’ बताइरहेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर