पेपलभन्दा बिटक्वाइनमा डलर कारोबार धेरै – Nepal Press

पेपलभन्दा बिटक्वाइनमा डलर कारोबार धेरै

काठमाडौं । लोकप्रिय तथा सबैभन्दा पुरानो क्रिप्टोकरेन्सी बिट्क्वाइन नेटवर्कमा २०२१ को प्रत्येक त्रैमासिकमा ४८९ बिलियन अमेरिकी डलरको औसतमा कारोबार भएको छ । जुन प्रसिद्ध डिजिटल वालेट पेपलको भन्दा १०० बिलियनभन्दा धेरै हो ।

यद्यपि, मास्टरकार्ड र भिजाले भने अझै पनि बिट्क्वाइनको भन्दा धेरै पैसाको कारोबार गरिरहेका छन् । ब्लकडेटाको आँकडाअनुसार बिट्क्वाइनले यो वर्षमा पेपलको भन्दा करिब ६२ प्रतिशत धेरै डलर बराबरको कारोबार गरेको छ । मास्टरकार्ड र भिजाले भने १.८ ट्रिलियन डलरको कारोबार गरेका छन् ।

पछिल्लो समय लोकप्रियता आकाशिँदै गएको क्रिप्टोकरेन्सीको कारण पनि बिट्क्वाइनको कारोबार बढेको हो । यसै महिनाको सुरुआतमा हालसम्मकै सर्वाधिक मूल्यमा पुगेको बिट्क्वाइन यो समाचार तयार पार्दा ५७ हजार ८ सय ७४ डलर प्रतिक्वाइनमा कारोबार भइरहेको छ ।

यसको मार्केट क्याप भने १.०९ ट्रिलियन छ । यस्तै, पछिल्लो २४ घन्टामा ३४.२६ बिलियन डलर बराबरको कारोबार बिट्क्वाइनबाट भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर