एमाले केन्द्रीय सदस्यमा पर्वतका युवा नेता पदम गिरीको उम्मेदवारी घोषणा – Nepal Press

एमाले केन्द्रीय सदस्यमा पर्वतका युवा नेता पदम गिरीको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि पर्वतका युवा नेता पदम गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पर्वतको पार्टी जिल्ला अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य निर्वाचित युवा नेता गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२० वर्षदेखिको कांग्रेस विरासत भत्काउँदै २०७४ सालमा १३ हजारभन्दा बढी मतान्तरमा प्रतिनिधिसभा निर्वाचन जित्न सफल गिरी विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट पार्टी राजनीतिमा आएका हुन् ।

२०४७ सालमा अनेरास्ववियुमा संगठित भएका उनी २०५१ सालमा पर्वतस्थित दुर्लुङ गाउँ पार्टी कमिटी सदस्य भएका थिए । २०५५ सालमा पोखरास्थित पृथ्वीनारायण क्याम्पसको प्रारम्भिक कमिटी अध्यक्ष भएका गिरी उपसभापति हुँदै २०६२ सालमा सभापति निर्वाचित हुन सफल विद्यार्थी नेता हुन् ।

२०६५ सालमा एमाले पर्वत सचिवालय सदस्यहुँदै उनी जिल्ला कमिटी अध्यक्ष भएका छन् । एमाले र माओवादी मिलेर बनेको नेकपाको पनि उनी पर्वत जिल्ला अध्यक्ष थिए ।

गिरी केन्द्रीय नेतृत्वमा युवा सहभागिता बढाउनुपर्ने पक्षमा छन् ।


प्रतिक्रिया

One thought on “एमाले केन्द्रीय सदस्यमा पर्वतका युवा नेता पदम गिरीको उम्मेदवारी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर