महाधिवेशनमा भोटका लागि कांग्रेसका केही नेताले गठबन्धन हुँदैन भनेको प्रचण्डको दाबी – Nepal Press

महाधिवेशनमा भोटका लागि कांग्रेसका केही नेताले गठबन्धन हुँदैन भनेको प्रचण्डको दाबी

'गठबन्धन नगरी हुँदैन भनेर पनि बुझेका छन्'

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनसम्मै पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

कांग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउनमात्रै गठबन्धन हुँदैन’ भन्ने गरे पनि आन्तरिकरूपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताए ।

‘कांग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, ‘तर भित्री रूपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझ्दारी बनेको छ ।’

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए । राष्ट्रियसभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने उनको भनाइ छ ।

‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्ने छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर