एमाले महाधिवेशनमा एक तिहाई महिला प्रतिनिधि, दलितबाट करीव २ सय निर्वाचित – Nepal Press

एमाले महाधिवेशनमा एक तिहाई महिला प्रतिनिधि, दलितबाट करीव २ सय निर्वाचित

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा कुल प्रतिनिधिको करीव एक तिहाई महिला निर्वाचित भएका छन् ।

एमाले महाधिवेशनमा कुल ५७६ महिला प्रतिनिधिले भाग लिनेछन् भने कम्तिमा ३३ प्रतिशत केन्द्रीय सदस्य महिला निर्वाचित हुनेछन् ।

स्थायी कमिटी बैठकमा पेश भएको विवरण अनुसार देशभरबाट १९५ दलित प्रतिनिधि चयन भएका छन् । तीमध्ये ६२ जना दलित महिला रहेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमाले महाधिवेशनका लागि हालसम्म १८८९ जना प्रतिनिधि निर्वाचित भइसकेका छन् भने २३८जना पदेन प्रतिनिधि हुने एमालेले जनाएको छ । त्यस्तै १०३ जना केन्द्रीय कमिटीबाट मनोनित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर